गृहपृष्ठ विश्वकप क्रिकेट : वेस्ट इन्डिजद्वारा बंगलादेशलाई ३२२ रनको लक्ष्य
विश्वकप क्रिकेट : वेस्ट इन्डिजद्वारा बंगलादेशलाई ३२२ रनको लक्ष्य
विश्वकप क्रिकेटअन्तर्गत अहिले भइरहेको खेलमा वेस्ट इन्डिजले बंगलादेशलाई ३२२ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले ८ विकेटको क्षतिमा ३२१ रन बनाएको हो ।
वेस्ट इन्डिजका लागि सर्वाधिक साइ होपले ९६ रन बनाए । त्यस्तै, एभिन लुइसले ७०, सिमरोन हेटमायरले ५० रन जोडे । १३ बल सामना गरेका क्रिस गायल शून्य रनमा आउट भए ।
बंगलादेशका लागि मोहम्मद सैफुदिन र मुस्ताफिजुर रहमानले समान ३/३ विकेट लिए ।
प्रकाशित समय १९:०३ बजे

















