गृहपृष्ठ अायल निगमकाे नाफा यात्रा, यसरी भयाे सम्भव
अायल निगमकाे नाफा यात्रा, यसरी भयाे सम्भव
nepal-oil-corporation
काठमाडौं : कुनै समय सबैभन्दा बढी घाटामा जाने संस्थामध्ये थियाे सरकारी स्वामित्वकाे नेपाल अायल निगम। तर अायल निगमले अाफ्नाे परिचय अहिले बदलेकाे छ। निरन्तर घाटामा रहेको नेपाल आयल निगम गत आर्थिक वर्षदेखि नाफामा जान थालेको छ। पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागु गरेसँगै अर्बौं घाटामा रहेको आयल निगम नाफामा पुगेको छ। राजनीतिक दबाबको कारण अन्तर्राष्ट्रिय बजारमा मूल्य बढाउँदा बढाउन नसक्ने र घटाउँदा घटाउनु पर्ने बाध्यता निगमले थियाे। ” पहिले निगम राजनीति गर्ने संस्था थियाे, अहिले स्वच्छ रूपमा व्यवसाय गरेकाे छ, त्यसैले नाफामा छ” निगमका एक अधिकारीले भने। निगम अहिले सबैभन्दा बढी नाफा कमाउने मध्येकाे संस्था हाे। चालु आर्थिक वर्षमा आयल निगमको नाफा सरकारका कुल ३७ संस्थानमध्ये दुई नम्बरमा रहेको छ। आयल निगमले भन्दा बढी दुरसंचार कम्पनीले मात्रै गरेको छ। अर्थमन्त्रीले संसदमा सार्वजनिक गरेको सार्वजनिक संस्थाको वार्षिक स्थितिअनुसार १० अर्ब ४१ करोड १४ लाख पुगेको छ। सबैभन्दा बढी नाफा कमाएको दुरसंचार कम्पनीले १५ अर्ब ३७ करोड २८ लाख रुपैयाँ रहेको छ। पछिल्लो दुई महिनामा मात्रै चार पटक मूल्य समायोजन गरेको छ। बढी मूल्य बढ्दा कम बढाउनको लागि कोष खडा गरेता पनि निगमले पछिल्लो समय त्यो कोष प्रयोग गरेको छैन।
प्रकाशित समय २१:०२ बजे

















