गृहपृष्ठ प्रदेश नं ३ को मन्त्रिपरिषद्को बैठकले २०७५ को मस्यौदा स्वीकृत
प्रदेश नं ३ को मन्त्रिपरिषद्को बैठकले २०७५ को मस्यौदा स्वीकृत
हेटौँडा । प्रदेश आकस्मिक कोष विधेयक, २०७५ को मस्यौदा स्वीकृत गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश वित्तीय हस्तान्तरण व्यवस्थापन विधेयकको अवधारणापत्र मस्यौदासमेत स्वीकृत गरेको आर्थिक मामिला तथा योजनामन्त्री एवं सरकारका प्रवक्ता कैलाश ढुंगेलले जानकारी दिए ।
त्यस्तै बैठकले प्रादेशिक वन विधेयक, २०७५ को मस्यौदा पनि स्वीकृत गरेको छ । रामेछाप र दोलखामा भएको यातायात बन्दको विषयमा सरकारको गम्भीर ध्यानाकर्षण भएको ढुंगेलले बताए । बैठकमा प्रदेश नं ३ को नीति तथा कार्यक्रमको विषयमा समेत छलफल भएको छ ।
प्रकाशित समय २१:०९ बजे
















