गृहपृष्ठ कोपा अमेरिका : अर्जेन्टिना र पाराग्वेले बराबरी खेले

कोपा अमेरिका : अर्जेन्टिना र पाराग्वेले बराबरी खेले

कोपा अमेरिका फुटबलमा समूह ‘बी’ अन्तर्गत अर्जेन्टिना र पाराग्वेले १–१ गोलको बराबरी खेलेका छन् ।

पहिलो हाफमा १–० ले पछाडी परेको अर्जेन्टिनाले दोस्रो हाफमा पेनाल्टीमा गोल फर्काउँदै हार टारेको हो । ३७ औं मिनेटमा रिचार्ड स्यान्चेजले पाराग्वेलाई अग्रता दिलाएका थिए । त्यसअघि २८ औं मिनेटमा पाराग्वेले गोलको अवसर गुमाएको थियो । माटियास रोजासको प्रहारलाई डिफेन्डर निकोलस टाग्लियाफिकोले छेकेका थिए ।

दोस्रो हाफको ५७औं मिनेटमा अर्जेजिन्टनाले खेल बराबरीमा ल्यायो । मेस्सीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायताबाट मिलेको पेनाल्टीमा गोल गरे । ६०औं मिनेटमा नै पराग्वेले पेनाल्टी चुकाउँदा अग्रता लिने अवसर गुमायो ।

बराबरीपनि अर्जेन्टिना अंक तालिकाको पुछारमा नै छ । अब अर्जेन्टिनाले समूहको अन्तिम खेलमा कतारलाई हराए मात्र क्वाटरफाइनलमा प्रवेश गर्ने सम्भावना कायम रहनेछ ।

प्रकाशित समय ०८:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु