गृहपृष्ठ प्रभु बैंकको नयाँ शाखा ललितपुरको इमाडोलमा

प्रभु बैंकको नयाँ शाखा ललितपुरको इमाडोलमा

प्रभु बैंकले ललितपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

सेवाग्राहीहरुलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ सेवा दिने उदेश्यले महालक्ष्मी नगरपालिका– १ इमाडोलमा शाखा कार्यालय सञ्चालनमा ल्याइएको हो । शाखाको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले उद्घाटन गरेका छन् । बैंकको इमाडोल शाखा उद्घाटन कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि र स्थानीयको उपस्थिति थियो ।

इमाडोल शाखा समेत गरी बैंकले हालसम्म १ सय ८५ वटा शाखा, १ सय ४६ वटा एटिएम र २३ वटा एक्सटेन्सन काउण्टरबाट सेवा दिँदै आएको छ ।

प्रकाशित समय ०९:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु