गृहपृष्ठ भरतपुरमा देवः विकास बैंकको नयाँ शाखा

भरतपुरमा देवः विकास बैंकको नयाँ शाखा

देवः विकास बैंकले भरतपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

उक्त शाखा कार्यालयको उद्घाटन बैंक संचालक समितिका अध्यक्ष अवकाश प्राप्त उपरथी बज्र गुरुङले गरेका हुन् । गुरुङले दक्ष जनशक्ति र चुस्त प्रविधिलाई अधिकतम परिचालन गरी सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्न बैंक सदैव प्रयत्नशील रहने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले देशको आर्थिक समृद्धिमा टेवा पुर्याउन उत्पादनशील क्षेत्रमा कर्जा लगानीको नीति अख्तियार गरिने बताए ।

बैंकले प्रदेश ३ मा आगामी दिनमा थप शाखा सञ्चालन गर्ने जनाएको छ ।

प्रकाशित समय ०९:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु