गृहपृष्ठ आँधीखोला र घोडाघोडी लघुवित्तलाई आईपी निष्कासन अनुमति

आँधीखोला र घोडाघोडी लघुवित्तलाई आईपी निष्कासन अनुमति

IPO newskarobar

आँधिखोला लघुवित्त र घोडीघोडा लघुवित्त वित्तीय संस्थाले प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले आँधिखोलालाई ४० प्रतिशत अर्थात् चार करोड र घोडीघोडालाई ४८ प्रतिशत अर्थात एक करोड ३२ लाख ६० हजार रुपैयाँको आईपीओ निष्कासन अनुमति दिएको हो ।

प्राथमिक सेयर निष्कासनपछि आँधिखोलाको चुक्ता पुँजी १० करोड रुपैयाँ पुग्नेछ भने घोडाघोडीको चुक्ता पुँजी दुई करोड ७६ लाख रुपैयाँ पुग्नेछ । आँधिखोलाले इक्रा एनपी आईपीओ ग्रेड चार प्राप्त गरेको छ । दुई वर्षअघि स्थापना भएको यो संस्थाले १९ वटा शाखा कार्यालयमार्फत वित्तीय सेवा दिँदै आएको छ । यसका संस्थापक सेयरधनी ३८ जना छन् । अब दुवै कम्पनीले छिट्टै प्राथमिक सेयर निष्कासन गर्न सक्नेछन् ।

प्रकाशित समय २१:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु