गृहपृष्ठ विश्वकप क्रिकेट : दक्षिण अफ्रिकासामु पाकिस्तानको विशाल लक्ष्य
विश्वकप क्रिकेट : दक्षिण अफ्रिकासामु पाकिस्तानको विशाल लक्ष्य
एकदिवसिय विश्वकप क्रिकेटअन्तर्गत आइतबारको खेलमा पाकिस्तानले दक्षिण अफ्रिकासामु ३ सय ९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
लर्ड्समा टस जितेर पहिले ब्याटिङ गरेको पकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय ८ रन बनायो । पाकिस्तानका लागि ह्यारिस सोहेलले ८९ रनको महत्वपूर्ण योगदान गरे । उनले ५९ बलमा ९ चौका र ३ छक्का प्रहार गरे । ओपनर फकार जमानले ४४ रन बनाए ।
अर्का ओपनर इमाम उल हक पनि ४४ रनमै पेभिलिएन फर्किए । मोहम्मद हफिज व्यक्तिगत २० रन बनाएको अवस्थामा एलबी डब्लू धरापमा परे । बाबर आजमले ८० बलमा ७ चौका सहित ६९ रनको महत्वपूर्ण योगदान गरे । इमाद वासिम २३ र वहाब रियाजले ४ रन बनाए ।
दक्षिण अफ्रिकाका लागि लुन्गी निडीले ९ ओभरमा ६४ रन खर्चेर ३ विकेट लिए । इमरान ताहिरले २, एडेन मार्कराम र एन्डिलो फहवकुवलोले समान १–१ विकेट हात पारे ।
प्रकाशित समय १९:५५ बजे

















