गृहपृष्ठ लोकसेवा विज्ञापनविरुद्धको सुनुवाइ बुधबार हुने
लोकसेवा विज्ञापनविरुद्धको सुनुवाइ बुधबार हुने
लोकसेवा आयोगको विज्ञापनविरुद्ध परेको रिटबारे सर्वोच्च अदालतमा बुधबार सुनुवाइ हुने भएको छ ।
आइतबार दिनभर बहस भए पनि नटुंगिएकाले सुनुवाइ सरेको हो । लोकसेवाको विज्ञापनविरुद्ध सर्वोच्चमा ४ वटा रिट छन् । अधिवक्ताहरू जगदेव चौधरी, विकास ठाकुर र राजाराम घिमिरेले लोकसेवाले समावेशी सिद्धान्तमा केन्द्रीत नभइ स्थानीय तहका लागि विज्ञापन गरेको भन्दै छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए ।
रिटमा न्यायाधीश हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाइ भइरहेको छ । आयोगले स्थानीय तहका लागि ९ हजार, १ सय ६१ सिटका लागि विज्ञापन गरेको थियो ।
प्रकाशित समय १९:४५ बजे















