गृहपृष्ठ नेप्से घट्दा पनि गुराँस र गणपति लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो

नेप्से घट्दा पनि गुराँस र गणपति लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो

nepal-stock-sunday-newskarobar

सेयर बजार १० अंकले घट्दा पनि आइतबार गुराँस र गणपति लघुवित्तको मूल्य करिब १० प्रतिशत बढेको छ । आइतबार विकास बैंक, वित्त र म्युचुअल फन्ड समूह बढे पनि अरु सबै समूह ओरालो लागेपछि समग्र बजार परिसूचक १०.०१ अंकले घटेर १२५४.३५ अंकमा झरेको छ ।

साताको अन्तिम दिन बिहीबार नेप्से ५ अंकले बढेको थियो । १७२ कम्पनीको कारोबार भएको बजारमा ३० वटा कम्पनीको मूल्य बढेको छ । आइतबार ४८ करोड १८ लाख रुपैयाँ बराबरको १५ लाख ७५ हजार ३४० कित्ता सेयर किनबेच भयो । कारोबार रकममा भने बिहीबारको तुलनामा वृद्धि भएको छ । बिहीबार ३७ करोड ५३ लाखको सेयर कारोबार भएको थियो ।

प्रकाशित समय २१:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु