गृहपृष्ठ जनता बैंक र लिडरसिप एकेडेमीबीच क्षमता अभिवृद्धिसम्बन्धी सम्झौता
जनता बैंक र लिडरसिप एकेडेमीबीच क्षमता अभिवृद्धिसम्बन्धी सम्झौता
जनता बैंक र लिडरसिप एकेडेमी नेपालबीच कर्मचारीको क्षमता अभिवृद्धिसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र लिडरसिप एकेडेमीका फाउन्डर तथा सीटीओ अरुणराज जोशीले हस्ताक्षर गरेका छन् ।
बैंकको विभिन्न तहका कर्मचाराको क्षमता अभिवृद्धि र नेतृत्व विकाससम्बन्धी अन्तर्राष्ट्रिय स्तरको शिक्षा तथा तालिम सञ्चालन गर्न जनता बैंक र लिडरसिप एकेडेमीबीच सम्झौता भएको हो । लिडरसिप एकेडेमीले राइस युनिभर्सिटी बिजनेस स्कुल युएसएको उच्च स्तरीय तथा अन्तर्राष्ट्रिय स्तरको सीप विकास, व्यावसायिक दक्षता तथा नेतृत्व विकाससम्बन्धी शिक्षा प्रदान गर्नेछ ।
प्रकाशित समय २१:३८ बजे

















