गृहपृष्ठ विप्लव समूहका सर्लाही इन्चार्ज पाैडेल मुठभेडमै मारिएका हुन् : गृहमन्त्री थापा

विप्लव समूहका सर्लाही इन्चार्ज पाैडेल मुठभेडमै मारिएका हुन् : गृहमन्त्री थापा

फाइल तस्बिर

गृहमन्त्री रामबहादुर थापाले विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल मुठभेडमै मारिएको बताएका छन् ।

सोमबार संसदको राज्यव्यवस्था समितिको बैठकमा मन्त्री थापाले गस्तिमा रहेका प्रहरीमाथि आक्रमण गर्न थालेपछि प्रहरीले गरेको जवाफी कारवाहीमा पौडेलको मृत्यु भएको जवाफ दिएका हुन् ।

मुठभेडका क्रममा तीन जना भने जंगलतर्फ भागेको र सो क्रममा प्रहरीले प्रहार गरेको गोली अर्का एक व्यक्तिलाई पनि लागेको हुनसक्ने गृहमन्त्री थापाले बताए । घटनास्थलबाट प्रहरीले मेड इन युएसए लेखिएको पेस्तोल एक थान, कटुवा पेस्तोल एक थान र गोली ६ थान बरामद गरेको थापाले समितिलाई जानकारी दिए ।

विप्लव समूहले स्थानीय जनप्रतिनिधि, व्यापारी र सर्वसाधारणलाई धम्क्याउँदै चन्दा माग्ने र नदिएमा ज्यान मार्ने धम्की दिने गरेको गुनासोपछि प्रहरीले सो क्षेत्रलाई निगरानीमा राखिरहेको मन्त्री थापाको भनाइ छ ।

गत असार ५ गते सर्लाहीको लालबन्दी नगरपालिका– १ लखनदेहीस्थित जंगल छेउमा प्रहरीको गोली प्रहारबाट पौडेलको मृत्यु भएको थियो ।

प्रकाशित समय १०:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु