गृहपृष्ठ कैलालीको महुन्याल माविका छात्रामा ‘मास हिस्टेरिया’

कैलालीको महुन्याल माविका छात्रामा ‘मास हिस्टेरिया’

mass histeria-newskarobar सांकेतिक तस्बिर

कैलालीको भजनी नगरपालिका–१ स्थित महुन्याल माध्यमिक विद्यालय भजनीमा अध्ययनरत १२ छात्रामा अनौठो समस्या देखिएको छ । बिहानीको विद्यालय समयमा छात्राहरु बर्बराउने, मान्छे नचिन्ने, छट्पटाउने र बेहोस हुने गरेका छन् । कक्षा ७ र ८ मा अध्ययनरत १३ देखि १८ वर्ष उमेर समूहका १२ छात्रा सोमबार बेहोस भएका हुन् ।

उनीहरुको भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भएको छ । विद्यार्थीमा कन्भर्सन डिसअर्डर (मास हिस्टेरिया) को समस्या देखिएको भजनी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख वीरेन्द्र सापकोटाले जानकारी दिए । ‘बढी तनाव तथा दबाबमा पर्दा मानसिक रूपमा यस्तो समस्या आउने गर्छ,’ उनले भने, ‘यस्तो समयमा बढी होहल्ला गर्नु हुँदैन । उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा लैजानुपर्छ ।’ स्वास्थ्य केन्द्रमा आएका विद्यार्थीको अवस्थामा सुधार आइरहेको उनले जानकारी दिए । (रासस)

प्रकाशित समय ०९:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु