गृहपृष्ठ नेपालले सिंगापुरलाई २१७ रनले हरायो

नेपालले सिंगापुरलाई २१७ रनले हरायो

nepal-singapore-newskarobar

एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सिंगापुरलाई भारी रनले पराजित गरेको छ । शुक्रबार भएको खेलमा सिंगापुरलाई २१७ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल समूह ‘ए’ को विजेता बनेको हो ।

मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभलमा नेपालले दिएको ३२७ रनको फराकिलो लक्ष्य पछ्याएको सिंगापुरले ३९.१ ओभरमा अलआउट हुँदै १०९ रनमात्र बनायो । सिंगापुरका लागि हरी कुकर्जाले सर्वाधिक ३० रन तथा कान्नुसले २४ रन र चन्द्रमुली श्रीदेवले २३ रन जोडे । बलिङतर्फ नेपालका लागि कुशल मल्लले सर्वाधिक चार विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३२६ रन बनाएको थियो । नेपालका लागि रित गौतमले शतकीय पारी खेले । उनले १३७ बलको समना गर्दै १० चौका र एक छक्काको सहयोगमा ११५ रन बनाए । रितको यो प्रतियोगिताको पहिलो शतक हो ।

त्यस्तै नेपालका खड्क बोहोरा र कुशल मल्लले अर्धशतकीय पारी खेले । बोहोराले ९० तथा मल्लले ५१ रन बनाए । पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गरेको नेपालले सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ ।

प्रकाशित समय १४:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु