गृहपृष्ठ सिद्धार्थ बैंक र यूकेएडबीच सम्झौता

सिद्धार्थ बैंक र यूकेएडबीच सम्झौता

siddhardha-bank-ukaid-newskarobar

लघु तथा साना उद्यमीलाई प्रवर्धन गर्ने उद्देश्यका साथ सिद्धार्थ बैंक र यूकेएड सक्षम एक्सेस टु फाइनान्स’ बीच सम्झौता भएको छ । सम्झौतापत्रमा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) शम्भुनाथ गौतम र सक्षमका प्रमुख निर्मल दाहालले शुक्रबार हस्ताक्षर गरेका छन् ।

सक्षम एक्सेस टु फाइनान्स यूकेएडबाट वित्तीय सहयोग प्राप्त कार्यक्रम हो ।नेपालमा स्थानीय तथा अन्तर्राष्ट्रिय संस्थासँगको साझेदारीमा डिएफआईडी नेपालका लागि लुइस बर्जरले यो कार्यक्रम कार्यान्वयन गरिरहेका छन् ।

२०५९ सालमा स्थापित सिद्धार्थ बैंकका १५६ शाखा, १ सय शाखारहित बैंकिङ र १७२ एटिएम छन् । हाल बैंकले ११९ अर्ब रुपैयाँबराबर निक्षेप संकलन गरेको छ भने १०७ अर्ब रुपैयाँबराबर ऋण प्रवाह गरेको छ ।

कार्यक्रमको सिद्धार्थ बैंकका सिईओ गौतमले मझौला क्षेत्रमा काम गर्ने विगतदेखिको उद्देश्यले सक्षमसँगको सहकार्यसँगै पूर्णता पाएको बताए । नेपालमा कृषिपछिको अधिकांश हिस्सा साना तथा मझौला उद्योगमा रहेकाले यसमा समेत विकासको क्षमता रहेको उनले बताए । त्यस्तै, सक्षमका प्रमुख दाहालले नेपालमा ग्रामीण क्षेत्रमा काम गर्ने उद्देश्य राखेको जानकारी दिए ।

प्रकाशित समय २१:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु