गृहपृष्ठ ब्राजिलले जित्यो कोपा अमेरिकाको उपाधि

ब्राजिलले जित्यो कोपा अमेरिकाको उपाधि

कोपा अमेरिका फुटबलको उपाधि घरेलु टिम ब्राजिलले जितेको छ ।

फाइनलमा पेरुलाई ३–१ गोलअन्तरले पराजित गर्दै ब्राजिल च्याम्पियन बनेको हो । कोपा अमेरिकामा ब्राजिलको यो समग्रमा नवौं उपाधि हो । ब्राजिलले आयोजना गरेको प्रत्येक पटक कोपाको उपाधि जितेको इतिहास छ । यो पटक पनि इतिहास दोहोरियो ।

१५ औं मिनेटमा एभरटन सोआरेसले गोल गर्दै ब्रजिललाई अग्रता दिलाए । ४४ औं मिनेटमा पाओलो गुरेरोले पेनाल्टीमा गोल गर्दै पेरुलाई खेलमा फर्काए । ४५ औं मिनेटमै जेससले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए ।

७० औं मिनेटमा जेसस दोहोरो पहेंलो कार्ड खाँदै मैदान बाहिरिएपछि ब्राजिल १० खेलाडीमा सीमित भयो । जेससले कार्ड खाएपछि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को मोनिटरलाई समेत धकेलेका थिए । अन्तिम समयमा रिचारलीसनले पेनाल्टीमा गोल गर्दै ब्राजिलको जित पक्का गरे ।

प्रकाशित समय ०७:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु