गृहपृष्ठ नेविसंघले प्रधानमन्त्रीलाई विषाक्त तरकारी उपहार दिने
नेविसंघले प्रधानमन्त्रीलाई विषाक्त तरकारी उपहार दिने
नेपाली कांग्रेससम्बद्ध विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ नेविसंघले प्रधानमन्त्रीलाई विषाक्त तरकारी उपहार दिने भएको छ । सरकारविरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको नेविसंघले भारतबाट नेपालमा आयात हुने तरकारी र फलफूलको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेको भन्दै भन्दै विषाक्त तरकारी उपहार दिने भएको हो ।
नेविसंघले सोमबार देशभरका क्याम्पसअगाडि प्रदर्शन पनि गरेको छ । सरकारको निर्णयले आमनागरिकलाई विषाक्त तरकारी खान बाध्य बनाएको नेविसंघको आरोप छ । आन्दोलनका कार्यक्रमअनुसार २४ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विषाक्त तरकारी र फलफूल पठाउने नेविसंघले जनाएको छ । २५ गते विषाक्त तरकारीको असरबारे प्रचारप्रसार गर्ने, २६ गते मसाल जुलुस निकाल्ने र २७ गते माइतीघरमा प्रदर्शन गर्ने कार्यक्रम नेविसंघको छ ।
प्रकाशित समय १३:३३ बजे
















