गृहपृष्ठ सानिमा लाइफ ६० करोडको आईपीओ जारी गर्दै
सानिमा लाइफ ६० करोडको आईपीओ जारी गर्दै
सानिमा लाइफ इन्स्योरेन्सले प्रभु क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । इन्स्योरेन्सले ६० करोड रुपैयाँको साधारण सेयर जारी गर्नका लागि प्रभु क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
इन्स्योरेन्सले उक्त साधारण सेयर जारी गरेपछि नियामक निकाय बिमा समितिले तोकेको २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुग्नेछ । समितिले जीवन बिमा कम्पनीका लागि २ अर्ब न्यूनतम चुक्ता पुँजी तोकेको छ ।
प्रकाशित समय २१:३९ बजे

















