गृहपृष्ठ दोस्रो टी–२० : टस जितेर मलेसियाविरुद्ध ब्याटिङ गर्दै नेपाल
दोस्रो टी–२० : टस जितेर मलेसियाविरुद्ध ब्याटिङ गर्दै नेपाल
मलेसियाविरुद्धको दोस्रो टी–२० खेलमा नेपालले टस जितेर ब्याटिङ गरिरहेको छ ।
हिजो भएको पहिलो टी–२० खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराएको थियो । नेपालका लागि कप्तान पारस खड्काले अविजित ८६ रनको उत्कृष्ट पारी खेल्दै मलेसियालाई पाखा लगाएका थिए । जितसँगै दुई खेलको सिरिजमा नेपाल १–० ले अगाडि छ ।
(यसअघि ‘फिल्डिङ गर्दै’ भएकोमा सच्याइएको छ । -सम्पादक)
प्रकाशित समय ०७:३२ बजे

















