गृहपृष्ठ कुमारी बैंकका पाँचवटा शाखा काठमाडौंबाटै उद्घाटन

कुमारी बैंकका पाँचवटा शाखा काठमाडौंबाटै उद्घाटन

Kumari-Bank-newskarobar

कुमारी बैंकले काठमाडौं उपत्यकाबाहिर स्थापना गरेका पाँचवटा नयाँ शाखाको काठमाडौंबाटै उद्घाटन गरेको छ । एक कार्यक्रमबीच बैंक सञ्चालक समितिका अध्यक्ष अमिरप्रताप जबराले बैंकका सञ्चालक समिति, प्रमुख कार्यकारी अधिकृतलगायत अन्य कर्मचारीको उपस्थितिमा मोबाइल प्रविधिबाटै शाखा कार्यालयहरूको ई-उद्घाटन गरेका हुन् ।

बैंकले महोत्तरीको बर्दिबास, सर्लाहीको बरथहवा, बर्दियाको ठाकुरबाबा, कपिलवस्तुको जितपुर र पोखराको लेकसाइडमा शाखा स्थापना गरेको छ । सबै शाखाको उद्घाटन सम्बन्धित ठाउँबाट भए पनि मोबाइल प्रविधिबाट विद्युतीय उद्घाटन बैंकको केन्द्रीय कार्यालयबाट गरिएको हो ।

पाँच शाखा थपिएसँगै कुमारी बैंकको कुल शाखा सञ्जाल संख्या ९८ पुगेको छ ।

प्रकाशित समय २१:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु