गृहपृष्ठ टेलिकमले इन्टरनेट सेवा शुल्क नबढाउने
टेलिकमले इन्टरनेट सेवा शुल्क नबढाउने
सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लगाउने निर्णय गरे पनि टेलिकमले इन्टरनेट सेवाको महसुल दर बढाएको छैन । ग्राहकको सुविधा र सहजतालाई ध्यानमा राख्दै शुल्क नबढाइएको कम्पनीले जनाएको छ ।
सेवाग्राहीलाई अझ बढी सहुलियत दरमा सेवा उपलब्ध गराउन हालै कार्यान्वयनमा ल्याइएको समर अफरमा इन्टरनेटलगायतका सेवामा थप सहुलियतसहितका प्याकेज प्रस्तुत गरी सेवालाई अझ कम खर्चिलो बनाइएको कम्पनीको दाबी छ ।
प्रकाशित समय २०:५५ बजे

















