गृहपृष्ठ सिभिल बैंकलाई आईएसओ ९००१:२०१५ प्रमाणपत्र
सिभिल बैंकलाई आईएसओ ९००१:२०१५ प्रमाणपत्र
अध्यक्ष तामाङ भन्छन्- मर्जरका लागि प्वाइन्ट थपियो
सिभिल बैंकले आईएसओ ९००१:२०१५ प्रमाणपत्र प्राप्त गरेको छ । बेलायतको युनायटेड रजिस्ट्रार सिस्टमले बैंकको संस्थागत संरचना, कार्यप्रणाली, सेवाको स्तर, संस्थागत सुशासनलगायत विषयमा ६ महिना अध्ययन र तीन चरणको सुधारपछि आईएसओ ९००१:२०१५ प्रमाणपत्र दिएको हो ।
आईएसओ ९००१:२०१५ पाउनु ठूलो उपलब्धि भएको बैंकका अध्यक्ष इच्छाराज तामाङले बताए । ‘मर्जरको तयारीमा रहेको बेला आईएसओ ९००१:२०१५ पाएका छौं, उनले भने, ‘यसले मर्जरका क्रममा नेगोसिएससनका लागि प्वाइट थपेको छ, सेयरधनी सबैको लागि यो खुसीको कुरा हो ।’
बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बैंकिङ व्यवसाय सागखेती जस्तो नभई काफलखेती जस्तो भएको बताए । ‘साग रोपेको केही दिनमै खान मिल्छ, केही महिनामै सकिन्छ, काफल रोपेपछि केही वर्ष कुर्नुपर्छ तर १५० वर्षसम्म फलिरहन्छ,’ उनले भने ।
प्रकाशित समय २१:४२ बजे

















