गृहपृष्ठ मुक्तिनाथ विकास बैंक र ग्रान्डी अस्पतालबीच सहकार्य

मुक्तिनाथ विकास बैंक र ग्रान्डी अस्पतालबीच सहकार्य

muktinath-grandee-newskarobar

मुक्तिनाथ विकास बैंक र ग्रान्डी इन्टरनेसनल अस्पतालले सहकार्यका लागि सम्झौता गरेका छन् । सम्झौतापत्रमा ग्रान्डी अस्पतालका बजारीकरण तथा व्यवसाय विकास विभाग प्रमुख दिनेश पौड्याल र मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले हस्ताक्षर गरेका छन् ।

सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डबाहक ग्राहकले ग्रान्डी अस्पतालमा उपचार गराउँदा तोकिएका सेवामा छुट पाउनेछन् । मुक्तिनाथ विकास बैंकले देशभरका ११९ शाखा र २५ वटा एटीएममार्फत ६ लाख ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिट्यान्स सेवा, बिमा सेवा, आस्वा, मोबाइल बंैकिङ सुविधाका साथै देशभर भिसा नेटवर्कअन्तर्गत रहेका एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवा उपलब्ध गराएको छ । हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बिमामा आबद्ध गरी जीवन वरदान बचत खाता सञ्चालनमा ल्याएको छ ।

प्रकाशित समय १६:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु