गृहपृष्ठ राष्ट्रिय शिखर कृषक अवार्ड २०७६ आयोजना

राष्ट्रिय शिखर कृषक अवार्ड २०७६ आयोजना

Nomination-newskarobar

नेपालमा पहिलो पटक कृषकलाई प्रोत्साहन गर्न ‘राष्ट्रिय शिखर कृषक अवार्ड – २०७६’ प्रदान गरिने भएको छ । ‘शिखर नेपालको राष्ट्रिय अभियान – कृषकको सम्मान’ भन्ने नारासहित साउन २६ गते कृषक अवार्ड आयोजना गरिएको हो ।

कार्यक्रममा सात प्रदेशका सात जना कृषकलाई नगद पुरस्कारसहित ‘राष्ट्रिय शिखर कृषक अवार्ड २०७६’ प्रदान गरिनेछ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको समन्वयमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र पुशपन्छी विभागको सक्रियतामा शिखर नेपालले अवार्ड कार्यक्रम आयोजना गरेको हो ।

मुलुकभर क्रियाशील कृषकबाट संकलित आवेदनलाई विज्ञ निर्णायक समितिले अध्ययन तथा मूल्यांकन गरी सातै प्रदेशबाट उत्कृष्ट ५/५ जना कृषकको नामावली सार्वजनिक भइसकेको छ । एउटा प्रदेशबाट २२ देखि ४२ जना कृषकको काम क्षमता, फर्म र उनीहरुको प्रगतिलाई हेरर उत्कृष्ट ५ जनाबाट पनि सर्वोकृष्ट १ जना छनोट गर्न लागेको आयोजक संस्थाका अध्यक्ष शिखर खनालले जानकारी दिए ।

उत्कृष्ट कृषक घोषणा कार्यक्रम राष्ट्रिय सभा गृहमा गरिनेछ । सोही दिन ‘राष्ट्रिय शिखर अनर अवार्ड–२०७६’ बाट पनि विभिन्न १२ विधामा १२ जना विशिष्ट व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम छ । शिखर नेपालले २०६४ सालदेखि विभिन्न विधामा विभिन्न सम्मान तथा अर्वाड निरन्तर रुपमा गर्दै आएको छ ।

 

सर्वोत्कृष्ट  ५ प्रतिस्पर्धी कृषक

प्रदेश १

१. झापा विशाल राई मत्स्य बिर्तामोड–१० विशाल कृषि फर्म

२. सुनसरी पुण्यबहादुर राई अदुवा धरान–८ किँरातेश्वर कृषि सहकारी

३. उदयपुर तोयबहादुर ठकुरी सुन्तला ताप्ली–१

४. सुनसरी राम पौडेल मत्स्य इनरुवा–१ आरएनआरएग्रो

५. तेह्रथुम सविन भट्टराई गाई छथर–१ भट्टराई गाई फर्म

प्रदेश २

१. पर्सा राम आशिष प्र. नुनिया तरकारी बहुदरामाई–६

२. सप्तरी पुरुषोत्तम अर्याल गाई अग्निसाहिर शुभलक्ष्मी व्य. पशुपालन

३. पर्सा अवधेश प्र. कुशवाह तरकारी बहुदरामाई–५

४. सिराहा भुटाई चौधरी मत्स्य लहान–११ शुलभ मत्स्य प्रजनन फर्म

५. बारा जंगबहादुर शाह मत्स्य बोधवन

 

प्रदेश ३

१. धादिङ नवराज आचार्य बाख्रा धार्के–१ बाग्मती गोट सिड्स

२. सिन्धुली सुकमाया तामाङ घाँस

३. चितवन लक्ष्मी राना कुखुरा आशा पोल्ट्री फर्म

४. चितवन शंकर/वृद्धि/मिन केरा खैरहनी–१२ ए.वि.एस. केरा फर्म

५. दोलखा पासाङ तेन्जी शेर्पा किवि जिरी–२

 

गण्डकी प्रदेश

१. कास्की लक्षिन गुरुङ मत्स्य माछापुच्छ्रे–२ गण्डकी रेन्वो ट्राउट

२. बागलुङ चिरनकुमार घर्ती तरकारी ढोरपाटन–८ ढोरपाटन नमुना कृषि फर्म

३. गोरखा भगवती थापा सुन्तला लखन थापा–२

४. कास्की इन्द्र गौचन मत्स्य माछापुच्छ्रे–२ अन्नपूर्ण ट्राउन अनुसन्धान केन्द्र

५. कास्की घनश्याम तिमिल्सिना गाई पोखरा–२५ हेम्जा गाई फर्म

 

प्रदेश ५

१. रोल्पा हिराकुमारी घले मकै/सहकारी रोल्पा न.पा.–३

२. प्युठान दल बहादुर खत्री बाख्रा माण्डवी–२ लेकाली व्य. बाख्रापालन

३. कपिलवस्तु पशुपति बढई बीउ/खाद्यन्न क.न.पा.–८ शिवम् बहुद्देश्यीय कृषि सहकारी

४. अर्घाखाँची मुकुन्दहरी/ईश्वरचन्द्र पोखरेल गाई/भैंसी/कुखुरा भुमिकास्थान–९ शिवचौर बहुद्देश्यीय

५. बाँके शारदा शर्मा गाई कोहलपुर–१२ शारदा सृजनशील गाई फर्म

 

कर्णाली प्रदेश

१. दैलेख दिपेन्द्र ब. मल्ल सुन्तला दुल्लु –११ मल्ल फलफूल तथा तरकारी फर्म

२. दैलेख जगत ब. पन्त सुन्तला दुल्लु–११ कालिका सुन्तला फर्म

३. पश्चिम रुकुम डिल्ली ब. नाथ भैंसी बाँफीकोट–२ डाँफे भैंसी पालन फर्म

४. जुम्ला रामकृष्ण बु. थापा स्याउ चन्दननाथ–२

५. दैलेख अमर ब. भण्डारी सुन्तला दुल्लु –६ भण्डारी सुन्तला फर्म

 

सुदूरपश्चिम प्रदेश

१. कैलाली ठगुनीदेवी चौधरी मत्स्य घोडाघोडी–१ कार्प ह्याचरी

२. कैलाली लक्ष्मण पन्त मत्स्य

३. डडेलधुरा रुद्रबहादुर ऐर तरकारी अमरगढी–१ शिवलिङ्ग बहुद्देश्यीय कृषक फर्म

४. कंचनपुर सोवरण राना मत्स्य बेलौरी–२ महेश फिस फर्म

५. कैलाली भक्त ब. चौधरी मत्स्य धनगढी–५

प्रकाशित समय १४:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु