गृहपृष्ठ अउडी ब्रान्डको विद्युतीय कार नेपाल भित्रिँदै, साइड मिररको सट्टा क्यामेरा

अउडी ब्रान्डको विद्युतीय कार नेपाल भित्रिँदै, साइड मिररको सट्टा क्यामेरा

auadi-car-newskarobar

नेपालमा नयाँ–नयाँ ब्रान्डका विद्युतीय सवारीसाधन भित्रिने क्रम बढ्दै गएको छ । संसारमा महँगो गाडीहरुको सूचीमा पर्ने अउडी ब्रान्डको विद्युतीय कार नेपालका लागि आधिकारिक विक्रेता प्रिन्सा इन्टरनेसनलले भित्र्याउन लागेको छ । यसको मूल्य नेपाली बजारमा १ करोड ७५ लाख हाराहारीमा पर्ने जनाइएको छ ।

जर्मन लग्जरी कारलाई प्रिन्साले नेपाल भित्र्याए पनि बिक्रीको जिम्मा भने राम्रो मोटर्स कम्पनीलाई दिएको छ । राम्रो मोटर्सका अनुसार उक्त ब्रान्डको कार दुई साताभित्र नेपाल आइसक्नेछ ।

अउडीले बेलायती बजारमा केही महिनाअघि बिक्री सुरु गरेको इट्रोन एसयूभीमा ५ जनाले सहज यात्रा गर्न सक्नेछन् । कम्पनीले सन् २०२५ सम्ममा बजारमा ल्याउने घोषणा गरेको ११ इलेक्ट्रिक गाडीमध्ये यो पहिलो हो । यसमा ९३ किलोवाटको पावरफुल ब्याट्री जडान गरिएको छ । दुईवटा इलेक्ट्रिक मोटर रहेको यो एसयूभीले ४०० बीएच पावर जेनेरेट गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीको क्यू–५ र क्यू–८ बाट प्रभावित इट्रोनमा क्यू–३ को जस्तो हेडलाइट प्रयोग गरिएको छ । यसलाई कम्पनीले क्यू सिरिज नै मानेको छ । यो कारमा साइड मिररको सट्टा क्यामेरा जडान गरिएको छ । एकपटकको फुलचार्जमा ४ सय किमी यात्रा गर्न सकिने कम्पनी दाबी छ ।

प्रकाशित समय १६:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु