गृहपृष्ठ नयाँ बानेश्वर व्यापार व्यवसायी संघमा रामशरण गिरी
नयाँ बानेश्वर व्यापार व्यवसायी संघमा रामशरण गिरी
नयाँ बानेश्वर व्यापार व्यवसायी संघको अध्यक्षमा रामशरण गिरी निर्वाचित भएका छन् । संघको साउन ३२ गते भएको निर्वाचनमा गिरी १२७ मतसहित विजयी भएका हुन् । गिरीका प्रतिद्वन्द्वी एवं निवर्तमान अध्यक्ष हेमबहादुर क्षेत्रीले ९५ मत पाए । कुल २२५ मत खसेकोमा ३ मत बदर भएको निर्वाचन अधिकृत भगवानप्रसाद दाहालले जानकारी दिए ।
संघको २५ सदस्यीय कार्यकारी समितिका अन्य पदाधिकारी एवं सदस्य भने निर्विरोध निर्वाचित भए । संघको उपाध्यक्षमा खुलातर्फ सृजना श्रेष्ठ र खिमलाल खरेल तथा महिलातर्फ कल्पना दाहाल निर्विरोध चयन भएका हुन् । त्यस्तै सचिवमा नवीन लुइँटेल, सहसचिवमा विक्की तण्डुकार, कोषाध्यक्षमा रमेशमान शाक्य र सहकोषाध्यक्षमा गीता श्रेष्ठ निर्विरोध भए ।
सदस्यहरूमा लक्ष्मी खड्का, मीना पाण्डे, यशोदा सि. के बुढाथोकी, वसन्ती अधिकारी, प्रदीपकुमार लम्साल, सुधन पौडेल, विक्रम महत, विवश काफ्ले, नरेन्द्रबहादुर श्रेष्ठ, प्रदीप घिमिरे, हिरानारायण श्रेष्ठ, विक्रम गौतम, सुदर्शन तिमल्सिना, रमेश चिमोरिया, दीपा उदास, राजनारायण श्रेष्ठ र महेश पंगेनी निर्वाचित भएको निर्वाचन अधिकृत दाहालले बताए ।
प्रकाशित समय १३:१८ बजे

















