गृहपृष्ठ ठमेलमा अत्याधुनिक सुविधासहितको होटल ‘नेपाली घर’ खुल्यो
ठमेलमा अत्याधुनिक सुविधासहितको होटल ‘नेपाली घर’ खुल्यो
काठमाडौं- काठमाडौंको प्रमुख पर्यटकीय केन्द्र ठमेलमा विशिष्ट विशेषतासहितको होटल खुलेको छ । नेपाली घर होटल जेठ १६ गते बुधबारबाट औपचारिक सञ्चालनमा आएको हो । होटलको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले गरेका हुन् ।
करिब ४ बर्षको लागत समयमा ५ तल्ले पर्यटक स्तरिय होटल निमार्ण सम्पन्न भएको हो । काठमाडौंको पर्यटकिय क्षेत्र ठमेलमा अवस्थित यस होटलमा नेपालीकला र संस्कृतीको पहिचानसहित अघि बढाउने उद्देश्य रहेको होटलका प्रबन्ध निर्देशक राजु श्रेष्ठले बताए ।
यस होटलको बाहिरी बनावट परम्परागत नेपाली शैलीमा र भित्री बनावट प्यागोडा शैलीमा तयार गरिएको छ । स्थानीय शिल्पीहरुले विशुद्ध नेपाली शैलीमा आर्कषक सजावट गरिएको छ । होटलका आवश्यक सरसमानमा नेपाली बजार प्रर्बद्धन गर्ने उदेश्यले ग्रामिण भेगका महिलाहरुले तयार गरेका कलासिपहरुलाई प्राथमिकताका साथ प्रयोगमा ल्याएको छ ।
पाहुनालाई अत्याधुनिक सुविधा, नेपाली जीवनशैली र परम्परासँग साक्षात्कार गराउने लक्ष्य होटलले लिएको छ । अत्याधुनिक प्रविधिले सुसज्जित होटलमा पाँचतारे होटल सरह सुविधाहरु उपलब्ध छन् ।
होटलले दिने बिशेष सेवा सुबिधामा जस्तै एक्सक्लुसिभ बेडसहितको आरामदायी कोठा, द्रुतगतिमा चल्ने वाइफाई सुविधा, २४ सै घन्टा स्वथकर पानी, स्वथकर एवं सरसफाई, फिटनेस सेन्टर, मिटिङ हल, दिनभरि नै सेवा दिने रेस्टुरेन्ट, रुम सर्भिस रहेको छ ।
अतिथिहरुको आवश्यकता सम्बोधन गर्ने क्रममा उत्कृष्टताको नयाँ मानक प्रस्तुत गर्न यो होटल प्रतिबद्ध छ,’ होटल सञ्चालक राजु श्रेष्ठले उद्घाटन सत्रमा भने, ‘हामी हाम्रा पाहुनाले नेपाली घर होटलमा बिताएका हरेक क्षणलाई अविस्मरणीय बनाउन चाहन्छौं ।’
होटलमा ३४ वटा रुम र दुईवटा सुइट रुम छन् । जसमा हेरिटेज डिलक्स रुम २३, हेरिटेज डिलक्स कर्नर ६, हेरिटेज ग्रान्ड डिलक्स ३ र मानगृह र कैलाशकुट सुइट १–१ वटा छन् । यी सबै कोठा परम्परागत नेपाली कलाले बिशेष रुपमा सजिएका छन् । होटलका रुममा ४० इन्चको एलइडी टिभी, विद्युतीय सेफ, मिनी बार, पिउने पानीका बोटल, कफी–टी मेकर, कुकिज, हाइ स्पिड इन्टरनेट, जस्ता सुविधा छन् ।
होटलका रुममा ४० इन्चको एलइडी टेलिभिजन, विद्युतीय सेफ, मिनी बार, पिउने पानीका बोटल, कफी–टी मेकर, कुकिज, हाइ स्पिड इन्टरनेट, इन्डिभिडुअल क्लाइमेट कन्ट्रोल, कटन रिच लिनेन जस्ता सुविधा उपलब्ध छन् ।
त्यसैगरी, सहयोगीका लागि निःशुल्क पार्किङ, एयरपोर्ट ट्रान्सफर, विदेशी विनिमय, कोठाभित्रै खाना सर्भ, लौन्ड्री जस्ता सुविधा पनि यहाँ उपलब्ध छ ।
प्रकाशित समय १०:३० बजे

















