गृहपृष्ठ फोरम सरकारमा जाँदै, उपेन्द्र यादव स्वास्थ्य र मोहम्मद इस्तियाक सहरी विकासमन्त्री
फोरम सरकारमा जाँदै, उपेन्द्र यादव स्वास्थ्य र मोहम्मद इस्तियाक सहरी विकासमन्त्री
काठमाडौं- अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा संघीय समाजवादी फोरम अाज सरकारमा सहभागी हुँदै छ । यादवले स्वास्थ्य र मोहम्मद इस्तियाक राइन सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । यादवले परराष्ट्र मन्त्रालय दाबी गर्दै आएका थिए । राष्ट्रपति कार्यालयमा आजै दिउँसो ३ बजे सपथ हुने यादवका प्रेस संयोजक महेश चौरिसयाले बताए। फोरमले पाउने एक राज्यमन्त्री भने पछि पठाउने भएको छ। नवनियुक्त मन्त्रीहरूको सपथ अपराह्न ५ बजे शीतल निवासमा हुनेछ ।
प्रकाशित समय १५:१४ बजे
















