गृहपृष्ठ लोकतान्त्रिक मेला असोजमा

लोकतान्त्रिक मेला असोजमा

काठमाडाैं- संविधान दिवसको उपलक्ष्यमा आगामी असोज ५ र ६ गते नेपालमै पहिलोपटक बृहत् लोकतान्त्रिक मेला हुने भएको छ । युवाहरुको नेतृत्व विकासलाई केन्द्रबिन्दुमा राखेर मेला आयोजना गर्न लागिएकोे हो । अन्तरपार्टी सञ्जालले आयोजना गरेको कार्यक्रममा कांग्रेस नेतृ एवं पूर्वमन्त्री चित्रलेखा यादवले सात सालदेखि चौसट्ठी–पैंसट्ठीसम्मको आन्दोलनको नेतृत्व गरेको पार्टी नेपाली कांग्रेस अहिले प्रतिपक्षमा बस्नु परे पनि पाँच वर्षपछि नेपाली कांग्रेसले नै मुलुकको नेतृत्व गर्ने दाबी गरिन् ।

नेपाल र डेनमार्कका युवाबीच भएको कार्यक्रममा डेनमार्कको सोसल लिबरल पार्टीका युवा प्रतिनिधि क्रिस्टिने ग्यल्डेनहोफ र क्लारा ह्याल्भर्सनले संयुक्त रुपमा कार्यपत्र प्रस्तुत गर्दै डेनमार्कको शासन व्यवस्था र राजनीतिक रुपमा त्यहाँका युवाको अवस्थाबारेमा जानकारी गराएका थिए । लोकतान्त्रिक मेलाका बारेमा डिआईपीडीकी राष्ट्रिय प्रतिनिधि सृष्टि राणाले जानकारी गराइन् ।
महिलाको नेतृत्व विकासका लागि मौलिक काम गर्दै आएकी नोट अफ डिसेन्टकी प्रमुख अभियन्ता नजबुल खानले आफ्नो आसनमा महिला, भाषणमा महिला, शासनमा महिला अभियानबारे प्रस्ट पारिन् । उपस्थित सबै युवालाई असोज ५ र ६ मा हुने लोकतान्त्रिक मेलालाई भव्य बनाउन आग्रह गरिएको छ ।

प्रकाशित समय १५:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु