गृहपृष्ठ जनार्दन शर्मा भन्छन्- विप्लवजी ! बन्दुकले समाजवाद आउँदैन, वार्तामा आउनुस्

जनार्दन शर्मा भन्छन्- विप्लवजी ! बन्दुकले समाजवाद आउँदैन, वार्तामा आउनुस्

janardan-sharma-newskarobar

नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले नेत्रविक्रम चन्द ‘विप्लव’ लाई बन्दुकबाट समाजवाद नआउने भन्दै वार्तामा आउन आग्रह गरेका छन् । प्रेस संगठन दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता उनले भने, ‘बन्दुक पड्काएर समाजवादको यात्रामा पुगिँदैन, वार्तामार्फत राजनीतिक मूलधारमा आउनुस् ।’

नेपाली जनताले लामो संघर्ष र बलिदानबाट ल्याएको संविधानलाई कार्यान्वयनको दिशामा लैजानुपर्ने भन्दै उनले त्यसका लागि नेकपा पूर्ण प्रतिबद्धता रहेको जानकारी गराए । ‘पार्टी एकताका सबै काम पूरा भएकाले अब सरकार र पार्टी जनताको चाहना र आवश्यकता परिपूर्तिमा केन्द्रित भएर अगाडि बढ्छ,’ उनले भने ।

प्रकाशित समय १०:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु