गृहपृष्ठ बैंकहरूमा १ अर्ब ३९ करोड राख्दै राष्ट्र बैंक
बैंकहरूमा १ अर्ब ३९ करोड राख्दै राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले आफूसँग भएका अधिक तरलतामध्ये १ अर्ब ३९ करोड रूपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थामा राख्ने भएको छ । केन्द्रीय बैंकले १ अर्ब ११ करोड ५४ लाख वाणिज्य बैंकहरूमा र बाँकी अन्य बैंक-वित्तीय संस्थामा राख्न लागेको हो ।
यसमध्ये २० करोड ९१ लाख विकास बैंकहरूमा र ९ करोड ९७ लाख रूपैयाँ वित्त कम्पनीहरूमा राख्न लागेको हो । बिहीबार कार्यालय समयभित्र परेका निवेदनमध्ये उपयुक्त प्रस्तावका आधारमा राष्ट्र बैंकले सो रकम बैंक तथा वित्तीय संस्थामा राख्ने जनाइएको छ ।
प्रकाशित समय १६:०५ बजे

















