गृहपृष्ठ मेगा बैंक र प्रभु लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
मेगा बैंक र प्रभु लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं- प्रभु लाइफ इन्स्योरेन्स कम्पनी र मेगा बैंक बीच बैंकास्योरेन्स सम्झौता भएको छ । मेगा बैंकको प्रधान कार्यालयमा नै उक्ता सम्झौता पत्रमा मेगा बैंकका वरिष्ठ नायब महाप्रबन्धक महेश ढकाल र प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख व्यापार अधिकृत प्रयास श्रेष्ठले हस्ताक्षर गरेका हुन ।
सम्झौता गरे अनुसार, अब ग्राहकहरुले मेगा बैंकका देशभरिका शाखाबाट प्रभु लाइफ इन्स्योरेन्समा जीवन बिमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायतका सबै सेवा प्राप्त गर्न सक्नेछन्। यो सम्झौताले जीवन बिमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई थप सुविधा दिने बैंकको विश्वास छ।
प्रकाशित समय २०:०७ बजे

















