गृहपृष्ठ वातावरण पत्रकारिता पुरस्कार मण्डल र शेर्पालाई

वातावरण पत्रकारिता पुरस्कार मण्डल र शेर्पालाई

काठमाडौँ- विश्व वातावरण दिवसका अवसरमा नेपाल वातावरण पत्रकार समूहले यस वर्षको वातावरण पत्रकारिता पुरस्कार–२०१७ ‘दि काठमाडौँ पोष्ट’ दैनिकका संवाददाता चन्दनकुमार मण्डल र ‘अन्नपूर्ण पोष्ट’ दैनिकका संवाददाता छेटु शेर्पालाई प्रदान गर्ने निर्णय गरिएको छ ।
समूहले सो पुरस्कार हरेक वर्ष प्रदान गर्दै आएको छ । उनीहरूलार्इ समूहले अाफ्नाे वार्षिक साधारण सभामा ताम्रपत्र र रू २५ हजार नगदले सम्मान तथा पुरस्कृत गर्ने छ ।

प्रकाशित समय १०:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु