गृहपृष्ठ प्रदेश ७ नेकपा संसदिय दलको नेतामा भट्ट
प्रदेश ७ नेकपा संसदिय दलको नेतामा भट्ट
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नम्बर ७ को संसदीय दलको नेतामा त्रिलोचन भट्ट चुनिएका छन् ।
७ नम्बर प्रदेशको मुख्यमन्त्री भट्टलाई मंगलबार बसेको नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकले सर्वसम्मत रुपमा चयन गरेको हो ।
तत्कालिन माओवादी केन्द्रको तर्फबाट मुख्यमन्त्री बनेका भट्ट संसदीय दलको नेतामा चयन भएपछि तत्कालिन एमालेका नेता एवं उक्त प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाह उपनेतामा चयन भएका छन् ।
त्यसैगरी सोही बैठकले प्रमुख सचेतकमा तत्कालिन एमालेका तारा लामा र सचेतकमा तत्कालिन माओवादी केन्द्रका अक्कल रावललाई चयन गरेको छ ।
प्रकाशित समय १७:०४ बजे
















