गृहपृष्ठ कोकाकोलाले मनायो विश्व वातावरण दिवस

कोकाकोलाले मनायो विश्व वातावरण दिवस

काठमाडौं- विश्व वातावरण दिवसको अवसर पारेर कोकाकोला र साझेदारी संस्थाले नेपालमा मिलेर बिभिन्न समुदायलाई वातवरणसँग सम्बन्धीत सहयोग गर्दै आएको छ ।
विश्व वातावरण दिवसको अबसरमा ‘द कोकाकोला कम्पनी’को नेपाल टीम लगाएत बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल तराइ लिमिटेडले सरसफाई तथा जनचेतना र जागरूकता अभियान संचालन गरे । बोटलर्स नेपालद्वारा बालाजु औद्योगिक क्षेत्रको बिभिन्न स्थानमा डस्बिन राख्ने काम भयो ।
बि आइ डीको सहयोगमा टिमले १५० लिटरका ८ वटा हिल ट्याङक डस्बिन ठाउँ ठाउँमा राखेको छ । बोटलर्स नेपाल तराई लिमिटेड टीमले भरतपुर जिल्लाका केरुङगा खोला, कानधरी खोला र त्यसको आसपासका क्षेत्रमा वसोवास गर्ने समुदायलाई लक्षित गरेर सरसफाई तथा जागरूकता अभियान संचालन गरेको छ ।
कोकाकोलाले अहिले काठमाडौंको बुढानिलकन्ठमा प्लाष्टिक रिसाइकिलिङको काम सुरु गर्दैछ । जसले प्लाष्टिकको पुन संकलन गरि परिशोधन गरेर उत्पादन गर्ने गरेको छ र हाल सम्म ३ करोड पेट बोटल प्रशोधन गरी सकेको छ । जसले वातावरणमा सबैभन्दा बढी असर गथ्र्यो त्यसलाई जम्मा गरेर पुन निर्माण गरि पुन बजारमा पठाइने छ ।
कोकाकोला नेपाल ब्यवसायको मुख्य चिज नै स्थिरता हो । त्यसमापनि प्याकेजिङका समानमा स्थायित्व निकै जरुरी हुन्छ, नेपालको सिस्टममा हामीले निरन्तर सल्लाह र जमिनमुनीको पानी भण्डारणमा विश्वले प्रयोग गर्दै आएको कामको अनुशरण गर्ने गरेका छौं । जमिन मुनी रहेको पानीको क्षमता अभिवृद्धि गर्न कार्यक्रम, नीतिनिर्माता, उत्पादक र पानीको मापन जस्ता बिषयमा कोकाकोलाले योगदान गर्दै आएको छ । द कोकाकोला फाउन्डेशनले डब्लुडब्लुएफसँग सहकार्य गरी इन्द्रावति बेसिन एरियामा मानिसको जिवन स्तर उकास्न, समुदायलाई ब्यस्त राख्न र पानीको पुनः भरण गर्न सहयोग हुँदै आएको छ ।
त्यसैगरि बिसहजारी र एसोसिएटलेकमा पानीको पुनचार्जगरी स्थानियको जिवन स्तर उकास्न बैंकले सहयोग गर्दै आएको छ । त्यसमा चितवनको बरन्धावर करिडोर रहेको छ । फाउन्डेसनले वाटरएड नेपाललाई समेत सहयोग गर्दै आइरहेको छ । सहरी क्षेत्रमा पनी रिचार्जगर्न बिएनएल पार्टनेटसँग स्मार्टपनीसँग मिलेर आरडब्लुएच र जीडब्लुआर कार्यक्रम टिचिङ हस्पिटल, साझा यातायात र पुलचोक इजिनियरिङ कलेजमा संचलनमा छन् ।
यस बर्ष कोकाकोला कम्पनीले बिश्व भर बोत्तल र क्यान बेचे बराबर नै २०३० सम्म संकलन गर्न र पुनःप्रयोग गर्ने घोषणा गरेको छ । यो महत्वाकांक्षी योजनालाई कम्पनीको बोटलिङ पार्टनरसँग ग्लोवल नेटर्वकमार्फत कार्यान्वयन गर्नेछ । ‘वल्र्ड विथआउट वेष्ट’ नारा सहित यो कार्यक्रम संचालन गरिने छ । यो कार्यक्रम पुरै प्याकेजिङ जीवनचक्रमा आधारित हुने छ ।

प्रकाशित समय ०७:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु