गृहपृष्ठ सेयर लाभकरमा नयाँ व्यवस्था फिर्ता, कारोबार सुरू

सेयर लाभकरमा नयाँ व्यवस्था फिर्ता, कारोबार सुरू

काठमाडौं– सरकारले पुँजीगत लाभकर बढाएको तथा हकप्रद र बोनस सेयरमा अग्रिम करको निर्णय फिर्ता गरेको छ । लाभकरको विरोधमा लगानीकर्ताले मंगलबार बजार ठप्प पारेर आन्दोलनमा उत्रिएपछि सरकारले घुंडा टेकेको हो । आन्तरिक राजस्व विभागले बोनस र हकप्रद सेयरमा थप लाभकर लगाउन आइतबार धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज नेप्से र सीडीएस क्लियरिङ हाउसलाई पत्राचार गरेपछि लगानीकर्ता आन्दोलित भएका थिए ।

मंगलबार बिहान कार्यालय खुलेदेखि नै उनीहरुले नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ र धितोपत्र बोर्ड घेराउ गरेका थिए । बोनस र हकप्रदमाथिको लाभकर लगाउने सरकारी घोषणाविरुद्ध लगानीकर्ता उत्रिएपछि अर्थ मन्त्रालयले समस्या समाधान खोज्न सोमबार आन्तरिक राजस्व विभाग, धितोपत्र बोर्ड, नेप्से र सिडिएससीका प्रमुख रहेको समिति गठन गरेको थियो ।

यसअघि, नेपाल चेम्बर अफ कमर्सले बोनस र हकप्रदमा लाभकर गणना र असुलीसम्बन्धी सरकारको निर्णय खारेज गर्न माग गरेका थिए । लाभकरविरूद्ध तीनवटा लगानीकर्ताका संघ–संस्थाले गरेको आन्दोलनमा लगानीकर्ता हित संरक्षण मञ्चले पनि ऐक्यबद्धता जनाएको थियो ।

प्रकाशित समय १३:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु