गृहपृष्ठ कांग्रेस बैठक बस्दै नबसी स्थगित, विभागले निम्त्यायो विवाद
कांग्रेस बैठक बस्दै नबसी स्थगित, विभागले निम्त्यायो विवाद
नेपाली कांग्रेसको हिजो बिहीबारका लागि बोलाईएको केन्द्रीय कार्यसमितिको बैठक बस्दै नबसी स्थगित भएको छ ।
उपचुनावका लागि उम्मेदवार छनोटबारे छलफल गर्न बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो । नेताहरु दिनभर सानेपास्थित पार्टी कार्यालयमा रहे पनि विभाग बढाउने विषयमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच विवाद उत्पन्न हुँदा बैठक प्रभावित भएको हो । बैठक हलमा पौडेल समूहका नेताहरु उपस्थित भएनन् । बैठकमा उपचुनावका लागि उम्मेदवार छनोटमा गृहकार्य गर्ने बताइएको थियो ।
केन्द्रीय समितिको अर्को बैठक कार्तिक १४ गतेसम्मका लागि स्थगित भएको छ ।
प्रकाशित समय ०७:३९ बजे
















