गृहपृष्ठ डा. केसीको बयान सुरु

डा. केसीको बयान सुरु

काठमाडौ, पुस, २५ – अदालतको अवहेलना मुद्दामा पक्राउ परेका डा। गोविन्द केसीको बयान सुरु भएको छ। सोमबार पक्राउ परेका केसी न्यायाधीश ओम प्रकाश मिश्र र केदार प्रसाद चालिसको संयुक्त इजलाशमा बयान सुरु भएको हो। प्रधानन्यायाधीशको राजीनामा माग गर्दै १४ औं अनशन सुरु गरेका केसीले दिएको अभिव्यक्ति अदालतको मर्यादामा आँच पुर्यायउने भएको भन्दै उनीविरुद्ध अवहेलना मुद्दा दायर भएको थियो।

सोमबार अदालतले डा। केसीलाई पक्राउ गरी मंगलबार बिहान ९ बजे सर्वोच्चमा उपस्थित गराउन आदेश दिएको थियो। उनलाई तोकिएकै समयमा अदालतमा उपस्थित गराइए पनि ढिलो गरी बयान सुरु भएको हो। बहस सकिएपछि थुनछेकको आदेश हुने छ।

प्रकाशित समय ०९:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु