गृहपृष्ठ देशी-विदेशी तत्व लागेकाे भन्दै अायल निगमका कार्यकारी निर्देशक खड्काले दिए राजीनामा
देशी-विदेशी तत्व लागेकाे भन्दै अायल निगमका कार्यकारी निर्देशक खड्काले दिए राजीनामा
काठमाडाैं- नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले अाफूले राम्राे काम गरेपिन देशी-विदेशी तत्वले षडयन्त्र गरेकाे भन्दै अाज पदबाट राजीनामा दिएका छन् ।
जग्गा खरिद प्रकरणमा भष्टाचार गरेकाे अाराेप लागेपिछ उनी मन्त्रालय तानिएका थिए । अाफूमाथि अन्याय भएकाे भन्दै उनले बिहीबार पत्रकार सम्मेलन गर्दै राजीनामा दिएकाे जानकारी गराएका हुन् ।
अाफ्नाे कार्यकाल अझै ६ महिना बाँकी भएपनि निगममा अर्काे नियुक्तिकाे बाटाे खुल्ला गर्न अाफूले यस्ताे निर्णय लिएकाे उनले पत्रकार सम्मेलनमा जानकारी गराए ।
उनले देशी–विदेशी तत्वले सुनियोजित षड्यन्त्र गरेर असफल बनाउने काम गरेकाे आरोप समेत लगाए । ‘म माथि देशी–विदेशी तत्वहरुले समेत षड्यन्त्र गरे’, खड्काले राजीनामा दिन आयोजित पत्रकार सम्मेलनमा भने ।
खड्काले अदालतले न्याय दिए पनि मन्त्रालयमा हाजिर गराएर जिम्मेवारीविहीन बनाएको भन्दै आक्रोस पोखे ।
प्रकाशित समय १२:०६ बजे

















