गृहपृष्ठ सिद्धार्थ बैंकले ल्यायो मेसिनबाटै चेक डिपोजिट हुने आधुनिक सुविधा
सिद्धार्थ बैंकले ल्यायो मेसिनबाटै चेक डिपोजिट हुने आधुनिक सुविधा
सिद्धार्थ बैंकले आधुनिक चेक डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ । बैंकले हात्तीसार शाखाबाट मेसिनबाटै चेक डिपोजिट हुने प्रविधिको सुरूवात गरेको हो ।
हात्तीसार शाखाबाट सुरू भएको यो प्रविधि चाँडै अन्य शाखामा पनि सुरू हुने बैंकले जनाएको छ । चेक डिपोजिट मेसिन सञ्चालनमा आएपछि सेवाग्राहीले छिटोछरितो रुपमा चेक जम्मा गर्न सक्ने भएका छन् ।
सिद्धार्थ बैंकले चार एक्स्टेन्सन काउन्टरसहित १७२ शाखा, १०१ शाखारहित बैंकिङ, १८७ एटिएम र १६ सयभन्दा बढी पिओएस मेसिनमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
प्रकाशित समय १८:३८ बजे

















