गृहपृष्ठ ‘काव्यारोहण’मा वैरागी काइँला
‘काव्यारोहण’मा वैरागी काइँला
विराटनगरमा आजदेखि ‘काव्यारोहण’ आरोहण कविता यात्रा सुरु भएको छ । आरोहण गुरुकुल विराटनगरको आयोजनामा सुरु भएको कविता यात्राको पहिलो अनुक्रममा वरिष्ठ कवि वैरागी काइँलाले आफ्ना कविता सुनाए ।
हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति काइँलाले प्लाञ्चेटको टेबल, अटोग्राफ, औंलाहरु चुमेर, माया र मफलर, आवरण, हाट भर्ने मानिस, म मेरो वजनजति मेरो धरतीलाई भार भएको छु लगायत दर्जन कविता वाचन गरे ।
हरेक महिनाको पहिलो शनिबार ख्यातिप्राप्त नेपाली कविहरुको एकल कविता वाचन गर्ने गरी आजबाट ‘काव्यारोहण’ सुरु गरिएको हो । कला-साहित्यको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको संस्थाले नेपाली कविताको सम्वर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले कविता यात्रा सुरु गरेको आरोहण गुरुकुल विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताए ।
कविता सुन्न राष्ट्रियसभा सदस्य खेम नेपाली, विराटनगर महानगरपालिकाका मेयर रभीम पराजुली, साहित्यकार दधिराज सुवेदीसमेत उपस्थित थिए । कविता यात्राको संरक्षक तथा प्रवर्द्धकको रुपमा विराटनगर महानगरपालिकाले सहयोग गरेको छ ।
प्रकाशित समय १९:४६ बजे
















