गृहपृष्ठ पोखरा रंगशालामा राष्ट्रिय झण्डाकाे रङ (फोटो फिचरसहित)
पोखरा रंगशालामा राष्ट्रिय झण्डाकाे रङ (फोटो फिचरसहित)
पोखरा रंगशालामा प्याराफिट जडानको काम धमाधम भइरहेको छ । शनिबार बेलुकीसम्म ग्यालरी ‘सी’अन्तर्गत विशिष्ट श्रेणीका सिटहरु जडान गरिएका छन् । सिटको रङ नेपालको राष्ट्रिय झण्डाको रङसँग मिल्नेगरी छनोट गरिएको छ ।
प्यारफिटको सामान फ्रान्सबाट ल्याइएको हो । जडानका लागि दुईजना प्राविधिक पनि फ्रान्सबाटै आएका छन् । प्रतियोगिताको लागि तत्काल पूर्व र पश्चिम भागमा मात्र प्याराफिट जडान गरिनेछ । बाँकी काम भने सागपछि गरिने भएको छ । मैदानको काम लगभग अन्तिम चरणमा पुगेको ठेकेदार कम्पनी ग्रेट स्पोर्टस-एमए कन्स्ट्रक्सन जेभीका प्रोजेक्ट म्यानेजर दिपक बरालले बताए ।
खेल हुने मिति नजिकिँदै जाँदा मैदानका अन्य कामहरु धमाधम भइरहेका छन् । मैदानमा भारतको कोलकाताबाट ल्याएर दुबो रोपिएको छ । मंसिर १७ देखि २४ गतेसम्म पोखरा रंगशाला हुने महिला फुटबल प्रतियोगितामा आयोजक नेपालसहित भारत, माल्दिभ्स र श्रीलंका सहभागी छन् ।
अभ्यासका लागि दोबिल्लास्थित सहारा एकेडेमीको खेल मैदान, हेम्जामा रहेको गौरीशंकर खेल मैदान, प्रहरी गण तालिम केन्द्र र पश्चिम पृतना विजयपुरको खेल मैदान तोकिएको छ ।
प्रकाशित समय ०८:५८ बजे






















