गृहपृष्ठ कास्की- २ मा करिब ६४ प्रतिशत मत खस्यो

कास्की- २ मा करिब ६४ प्रतिशत मत खस्यो

कास्की क्षेत्र २ अन्तर्गत प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको लागि आज भएको निर्वाचनमा करिब ६४ प्रतिशत मत खसेको छ । कास्की २ मा ७१ हजार ८ सय ७१ मतदातामध्ये शनिबारको उपनिर्वाचनमा करिब ६४ प्रतिशत अर्थात् ४५ हजार जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय कास्कीका निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीले जानकारी दिए ।

उपनिर्वाचनमा पुरुषभन्दा ६ प्रतिशत अर्थात २ हजार ७ सय जना बढी महिला सहभागिता भएको उनले जनाए । उनका अनुसार महिला ५३ प्रतिशत अर्थात २३ हजार ८ सयष् ५० र पुरुष ४७ प्रतिशत अर्थात २१ हजार १ सय ५० मतदानमा सहभागी भएका हुन्। यसको यकिन तथ्याङक भने केही समयपछि मुख्य निर्वाचन कार्यालयमा सम्पुर्ण मतपेटिका आएपछि मात्र थाहा हुने निर्वाचन अधिकारी सुवेदीले बताए ।

बिहान ७ः०० बजेदेखि सुरु भएको मतदानज साँझ ५ बजे सम्पन्न भएको हो । पोखरा महानगरभित्र का ११ वटै वडामा ३२ मतदान स्थलमध्ये ८२ मतदान केन्द्रमा छिटपुट घटनाबाहेक शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको निर्वाचन अधिकारी सुवेदीले बताए । कास्की २ मा १० स्वतन्त्रसहित २१ जना उम्मेदवार रहेका छन् ।

प्रकाशित समय १९:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु