गृहपृष्ठ पोखरा महानगरपालिका ३३ मा नेकपाको अग्रता

पोखरा महानगरपालिका ३३ मा नेकपाको अग्रता

नेकपाकी उम्मेदवार विद्या भट्टराईले पोखरा महानगरपालिका वडा नम्बर ३३ को मत परिणाम सार्वजनिक भएसंगै अग्र स्थान हासिल गर्न गरेकी छन् । कास्की क्षेत्र २ अन्तर्गत प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको लागि शनिबार भएको निर्वाचन पश्चात् आज बिहान १ः४० बजेदेखि सुरु भएको मतगणमा नेकपाकी भट्टराईले ३ हजार २ सय ७६ मत ल्याएर अग्र स्थानमा छन् ।

त्यसै गरी नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले २ हजार १ सय १५ मत ल्याएका छन् । २१ जना उम्मेदवार मध्ये नेकपाकी उम्मेदवारले अग्र स्थान लिएकी छन् । त्यस्तै समाजबादी पार्टीका धर्मराज गुरुङले ९५ मत प्राप्त गर्दा साझा पार्टीकी रजनी केसीले भने ३२ मत ल्याएकी छन्् ।

त्यसैगरी रापप्राका रोमबहादुर भण्डारीले ४७ मत ल्याएका छन् । विभिन्न पार्टी एवं उम्मेदवारका प्रतिनिधिहरुले मतगणनामा विधि र प्रक्रिया पुरा गरी मतगणना गर्न अढान राखेपछि शनिबार १०ः३० बजेबाट मतगणना सुरु हुने भनिए पनि विवाद हुँदा हुदै आज विहान १ः४० बजेदेखि मात्र मतगणना सुरु भएको हो ।

३३ वडाको ९ वटा बाकसको मतपरिणाम सार्वजनिक गरिएको मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत रामचन्द्र उपाध्यायले बताए । उनका अनुसार पोखरा ३३ मा ५ हजार ६ सय ४३ मत खसेको थियो भने ५१ मत बदर भएको छ । हाल पोखरा २१ को मतगणाना सुरु भएको छ ।

त्यसैगरी राप्रपा संयुक्तकी गंगा मल्लले ६, मंगोल नेश्नल अर्गनाइजेशनका रियाज गुरुङले ३, नेकपा मालेका टेकनाथ भण्डारीले १, देशभक्त समाजबाट विरबहादुर विश्वकर्माले १, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्ण बहादुर रानाले १, नेपाली कांग्रेस (बि.पी) बाट चन्द्रबहादुर रानाभाटले ७ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार दीपक रेग्मीले १, कमलजंंग कुंवरले ४, जमुना शर्माले १, नवराज बाँस्तोलाले १, सुनिल भुषाल, लक्ष्मी कुमारी भुजेल, रण बहादुर दमै, यज्ञ प्रसाद पंगेनी र उमनाथ गौतमले एक मत पनि प्राप्त गर्न सकेनन् ।

कास्की २ उपनिर्वाचनमा ६३.४० प्रतिशत मत खसेको छ । कास्की २ मा ७१ हजार ८ सय ७१ मतदाता सङख्या मध्य शनिबारको उपनिर्वाचनमा ६३.४० प्रतिशत अर्थात ४५ हजार ५ सय ६३ जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।

प्रकाशित समय ०८:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु