गृहपृष्ठ ऐरावती गाउँपालिका- २ मा बागी उम्मेदवार विजयी

ऐरावती गाउँपालिका- २ मा बागी उम्मेदवार विजयी

bhimesh kumar ghartimagar

प्युठानको ऐरावती गाउँपालिका- २ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका भिमेशकुमार घर्ती मगर निर्वाचित भएका छन् । मगर ३ सय ५१ मत अन्तरले विजयी भएका हुन् ।

विजयी मगरले ८ सय ५५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी राष्ट्रिय जनमोर्चाका भक्त बहादुर बिकले ५ सय ४ मत प्राप्त गरेका थिए । नेपाली कांग्रेसका भूपाल जिसीले ३ सय ५६ मत प्राप्त गरेका छन् । २६ मत बदर भएको थियो ।

वडाध्यक्षमा विजयी मगर नेकपाका गाउँ कमिटीका सचिवालय सदस्य हुन् । नेकपाले जनमोर्चासँग चुनावी तालमेल गरेपछि उनले बागी उम्मेदवारी दिएका थिए ।

प्रकाशित समय १६:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु