गृहपृष्ठ बैंकर्स संघको अध्यक्षमा भुवन दाहाल

बैंकर्स संघको अध्यक्षमा भुवन दाहाल

bhuvan dahal

नेपाल बैंकर्स संघको अध्यक्षमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल सर्वसम्मत चयन भएका छन् । बैंकर्स संघको बिहीबार सम्पन्न साधारणसभाले दाहाललाई अध्यक्षमा निर्वाचित गरेको हो । दाहाल दुई कार्यकाल संघका कार्यसमिति सदस्य थिए ।

संघको उपाध्यक्षमा नेपाल एसबिआइ बैंकका प्रमुख कार्यकारी अधिकृत अनुकुल भटनागर चयन भएका छन् । सदस्यहरुमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा दोहोरिएका छन् । सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल, एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी चयन भएका छन् ।

प्रकाशित समय १३:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु