गृहपृष्ठ ‘मंसिर’को धमाधम (फोटो फिचर)

‘मंसिर’को धमाधम (फोटो फिचर)

रोपाइँ गरिने जेठ अन्तिमदेखि साउनसम्मको अवधि ‘असार’ हो । त्यस्तै, दाइँ थालेदेखि नसकुञ्जेल ‘मंसिर’ नै रहन्छ, किसानी भाषामा । लेकाली खेतहरुमा मंसिरको मध्यसम्म धान थन्क्याइ सकिन्छ । तर, बेँशीतिर भने पुस हप्तासम्मै पनि मंसिरको धमाधम हुन्छ । धान काट्न, दाइँ हाल्न र धान ओसार्न भ्याइनभ्याइ हुन्छ यतिबेला । बर्खको बेला झरीमा रुझ्दै लगाएको बाली भित्र्याउन पाउँदा किसानहरु पनि दंग हुन्छन् ।

नेपाल स्थानीय उत्पादनले आत्मनिर्भर हुन नसके पनि धान, मकैजस्ता खाद्यबालीहरु पूर्वदेखि पश्चिम र हिमालदेखि तराइसम्मै खेती गरिन्छ । सिचाइँ, मलखाँद र प्रविधिको अभावमा उत्पादन उल्लेख्य छैन, बरु यस्ता खेतीबालीप्रति किसानहरुको आकर्षण घट्दो छ ।

प्रकाशित समय १३:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु