गृहपृष्ठ राष्ट्र बैंकले दुई अर्ब २६ करोडको ट्रेजरी बिल विक्री गर्ने

राष्ट्र बैंकले दुई अर्ब २६ करोडको ट्रेजरी बिल विक्री गर्ने

Nepal-Rastra-Bank-newskarobar

नेपाल राष्ट्र बैंकले सोमबार रु दुई अर्ब २६ करोड बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी बिल विक्री गर्न लागेको जनाएकाे छ ।

कूल ९१ दिने अवधिका लागि विक्री गर्न लागिएको उक्त ट्रेजरी बिल आगामी फागुन २७ गते परिपक्व हुनेछ । बैंकले यही मङ्सिर १६ गते पनि ९१ दिने अवधिको रु तीन अर्ब १३ करोड मूल्य बराबरको ट्रेजरी बिल विक्री गरेको थियो । (रासस)

प्रकाशित समय १९:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु