गृहपृष्ठ रावाबेँसी गाउँपालिका प्रमुखको गाडीमा आगजनी
रावाबेँसी गाउँपालिका प्रमुखको गाडीमा आगजनी
घरैमा पार्किङ गरी राखिएको अवस्थामा अज्ञात समूहले गएराति गरेको आगजनीबाट क्षतिग्रस्त भएको रावाबेँसी गाउँपालिका प्रमुख लीलानाथ निरौलाको बा २ झ ३५२४ नम्बर गाडी । तस्बिर : केदार मगर/रासस
रावाबेँसी गाउँपालिका प्रमुख लिलानाथ निरौलाको वडा नम्बर ५ दुवेकोलस्थित निवासमा रहेको बा २ झ ३५२४ नम्बरको सवारीसाधनमा गए राति आगलागी भएको छ । आगलागीका कारण सवारी जलेर ध्वस्तसमेत भएको छ ।
‘म सुतिरहेको थिएँ, बम पड्किएको जस्तो ठूलो आवाज आयो’, उनले भने, ‘उठेर हेर्दा गाडीमा ठूलो आगोको मुस्लो दन्किरहेको थियो ।’ करिब दुई घण्टापछि हरमटारबाट गएको प्रहरी टोलीले आगो नियन्त्रणमा लिएको थियो ।
प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक वामदेव गौतम नेतृत्वको टोली घटनास्थलमा खटाइएको र आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी दिए । (रासस)
प्रकाशित समय १०:३५ बजे
















