गृहपृष्ठ लक्ष्मी बैंकको एनिमेटेड भाइबर सेवा
लक्ष्मी बैंकको एनिमेटेड भाइबर सेवा
लक्ष्मी बैंकले नेपाली एनिमेटेड प्याक सुरु गरेको छ । भाइबर च्याटमा हुने कुराकानीलाई अझ रोमाञ्चक बनाउन भन्दै बैंकले सोमबारदेखि भाइबरमा १६ प्रकारका स्टिकर रहेको एनिमेटेड भाइबर-स्टिकर सेट सुरु गरेको हो ।
भाइबरमा भएका स्टिकरहरु रमाइलो एवं रंगीन अभिव्यक्तिको माध्यम भएकाले लक्ष्मी बैंकको ‘ग्रिटिङ्स फ्रम लक्ष्मी’ प्याकले पनि त्यसलाई सहयोग गर्ने अपेक्षा गरिएको छ । भाइबर च्याटमा मौद्रिक भाषामा समयानुकूल कुराकानी गर्न, धन्यवाद व्यक्त गर्न तथा अन्य सन्देश आदानप्रदान गर्न अब लक्ष्मी बैंकको रचनात्मक भाइबर स्टिकर प्रयोग गर्न सकिनेछ ।
उक्त प्याकले बैंकको ग्राहकसँगको सम्बन्धलाई थप मजबुत बनाउनुका साथै यो स्टिकरमार्फत ग्राहकलाई भाइबर खाताद्वारा नजिक ल्याउन सक्ने अपेक्षा गरिएको लक्ष्मी बैंककी रणनीति तथा बजार विभाग प्रमुख भारती पाण्डेले बताइन् ।
प्रकाशित समय १७:३७ बजे

















